सहकारीले कृषि क्षेत्रमा ऋण लगानी गर्नुपर्ने: नगर उपप्रमुख शिवकुमारी थारु।

Saturday, 29 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले सबै सहकारीले कृषि क्षेत्रमा ऋण लगानी गर्नुपर्ने बताएकी छन् । बिगुल बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख थारुले यस्तो बताएकी हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–३, मदवमा शनिबार आयोजित कार्यक्रममा बोल्दै थारुले ग्रामीण भेगलाई प्राथमिकता दिइएर कृषकलाई सहकारीले ऋण उपलब्ध गराए आयस्तर राम्रो हुने बताइन । बिगुल सहकारीले गरेको कार्य प्रशंसा गर्दै नगरपालिकाबाट पनि कृषि क्षेत्रलाई प्रोत्सहनका लागि बीउ बिजन लगायत अन्य कृषि सामाग्री वितरण गर्ने गरेको उनले उल्लेख गरिन् । 
साथै सिङ्गो नगरपालिकालाई नै समृद्ध बनाउन सबैको साथ सहयोग अवश्यक रहेको बताउँदै ठाउँ अनुसारको दुना तपरी, अचार बनाउने देखि लिएर पलेम्बर, लोक सोवा तर्फ युवाहरूलाई लक्षित गरि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको त्यसम बिगुल सहकारीको सदस्यहरूलाई समेत सो कार्यक्रम भागलिनु आवश्यक रहेको जिकिर गरिन् ।
त्यसैगरी चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, साइन रेसुङ्गा बैक चन्द्रौटाका शाखा प्रबन्ध शेखरनाथ खनाल लगायतले साधारणसभा कार्यक्रममा बोल्दै बाबाआमाले गर्दै आएको कृषि पेशा मात्रै नभएर व्यापारमा समेत अग्रसर भएर युवा पुस्ताले लाग्नुपर्ने बताउँदै आफूले कमाएको पैसा बचत गरेर सहकारी जम्मा गर्नुपर्छ र फर्जुल खर्च नगर्न सुझाए साथै कार्यक्रम सफलताको कामना समेत व्यक्त गरे ।
यस्तै आठौँ साधारणसभा कार्यक्रममा बिगुल बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष कृष्ण गिरीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले गत आर्थिक बर्ष २०७५-०७६  मा करिब ३ करोड बराबरको कारोबार गरेको जनाउँदै सहकारीमा १४ जना नयाँ सदस्य थप गरि जम्मा ३०७ शेयर सदस्य रहेको सहकारीले जनाएको छ । 
यसैबीच नियमित मासिक बचत तथा असल ऋणी तर्फ गंगाराम जसी, कृष्ण भारती त्यसैगरी नियमित दैनिक बचत तर्फ सन्तोष उपाध्य, हरि प्रसाद खनाल लगायत गरि ४ जनालाई बिगुल सहकारीले खादा र सम्मान पत्रले सम्मान गरिएको सहकारीको व्यवस्थापक ज्ञान बहादुर जिसीले जनाए।

उक्त कार्यक्रम भिम प्रसाल खनालको अध्यक्षता, शिवराज नगर प्रमुख शिवकमारी थारुको प्रमुख आतिथ्यता, चन्द्रौटा व्यापार संघका अध्यक्ष महादेव पोख्रेल, साइन रेसुङ्गा बैंक चन्द्रौटा शाखा प्रबन्धक शेखरनाथ खनाल, नारायण भाट क्षेत्री, नर बहादुर पौडेल लगायतको आतिथ्यता, कोपिला न्यौपानेको स्वगत मन्तब्य र देवीराम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu