टीकापुर घटनामा प्रश्नै प्रश्न ?(लिङ्क खोली लेख पढेर राज्यलाई दबाब स्वरुप सेयर गर्नुहोस्)

Friday, 23 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
*टीकापुर घटनामा प्रश्नै प्रश्न *
यो संसार गज्जबको छ।देश एउटा छ नागरिक दुई थरीका छन्।कानुन एउटै छ प्रयोग गर्ने तरिका दुई थरीका छन्।जात एउटै छ ब्यवहार दुई थरीका छन्।आकाश एउटै छ तर धर्ती दुइटा छन्।सत्य एउटै छ तर झुठ थरीथरीका छन्।
    मान्छे ३ समूह हुन्छन्
१-मंगोलाइट
२-हब्सि
३-ककोसाइट
रेशम चौधरी तिम्रो समुहको नपर्न सक्छ ।तर तिम्रो देशको तिमी जस्तै नागरिक हो भन्ने कुरा नभुल्नु ?
दलाइ लामाको निन्दा गर्ने तिमीहरूले रेशम चौधरी लाई देश बिहिन बनाउने अधिकार कसैलाई छैन।तिमीहरूले कोरेको संविधानमा देश निकाला विरुद्धको हक रेशम चौधरीको पनि सुरक्षित छ।
*रेशम चौधरी २२ बर्ष पत्रकारिता क्षेत्रमा जीवन समर्पित गर्ने एक कुसल राष्ट्रिय पत्रकार हुन् तर किन मौन छ नेपाल पत्रकार महासंघ ?र नेपाल थारु पत्रकार संघ ?
-१९ वर्षको उमेरमा उनी अमेरिका बाट नेपाल फर्किए-
-२००० तलव लिएर सगरमाथा एफएममा काम गरे-
दुई दशक सम्ममा रेडियोमा राष्ट्रिय गीत मात्रै बजाए-
-चौधरीलाई राष्ट्रिय प्रतिभा पुरस्कार पनि सम्मानित गरियो ।
-रेडियो उद्घोषणमा पहिलोपटक गोर्खा दक्षिणबाहु पुरस्कार पाए-
*रेशम चौधरी एक राष्ट्रिय कलाकार पनि हुन् तर खै किन हो कलाकार महासंघ पनि मौन रह्यो ?विभिन्न नेपाल गीत संगीतमा उनले स्वर र संगीत दुबै भरेका छन्।उनले थारू समुदायमा आधारित चलचित्र "कमैया"पनि आफैले निर्माण गरेका छन्।त्यस चलचित्रमा आफैले मुख्य कमैयाको भुमिका पनि निभाएका छन्।
* रेशम चौधरी मार्सलाटका होनहार  खेलाडी र गुरु पनि हुन् तर विडम्बना राष्ट्रिय खेलकुद परिषद पनि मौन नै रह्यो उनको विषयमा ?उनी भन्छन् आफ्ना चेलाहरू आज राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू खेल्दैछन्।उनी भन्छन्-मलाई गर्व लाग्छ मेरा चेलाहरू त्यहाँ पुगेको देखेर।
 
       आखिर किन छन् त राष्ट्रिय खेलकुद परिषद,राष्ट्रिय कलाकार महासंघ र नेपाल पत्रकार महासंघ मौन ? के यति चाडै उनीहरूले भुलिसके त रेशम चौधरीलाई अह यो कदापि हुन सक्दैन ?के रेशम चौधरीलाई आज मुद्दा लाग्यो भनेर हेपिएको हो त? के रेशम त्यो जाल बाट बाहिर कहिले आउन सक्दैन भनेकै हो त ? यदि त्यो भ्रममा हुनुहुन्छ भने छोर्दिनुहोस् त्यो झुठो भ्रमको खेती गर्न।रेशम आउँछ एकदिन अवश्य आउँछ ।रेशम कुनै पार्टीको समानुपातिक होइन प्रत्येक्ष टीकापुरकै ३४३४१ अमूल्य मतले एैतिहासिक विजय हासिल गरेको महान योद्धा हो।
    रेशम चौधरी थारू आन्दोलनका अगुवा हुन् तर नियोजित षड्यन्त्रका दोषी १००% होइनन् ।एउटा आन्दोलनको अगुवा कहिले पनि हत्यारो हुन सक्दै सक्दैन।नक्सलवादी खस ब्राह्मणवादी र केही सिमित अहंकारवादी पहाडीयाले रेशम चौधरीलाई नियोजित रुपमा फसाउने र सदियो सम्म सुकुम्बासी,गरिब र थारूको दबित आवाजलाई बुलन्द पारिदिने रेशम चौधरीलाई यो समाज बाट भगायौ भने सबै आफ्नो स्वर लुट्न पाइन्छ भन्ने दिवा सपना देखेर बारदलिमा बसेका छन्।

   
नेपालीहरूमा तथौरेवाद हाबि छ।तथौरेवाद भनेको अरूलाई मनपरि गाली गरेर आफू राम्रो हुने वाद हो।रेशम,थारू,मधेसी आदि लाई गाली गरेर आफू राम्रो बन्ने नेपालीहरूको लज्जास्पद ब्यवहारको उत्तर ३४३४१ हजार जनताले एकमत भएर रेशम चौधरी लाई फसाउने षड्यन्त्रको दरिलो झापड दिएका छन्।राजनीतिको पुत्ला बोकेर चुनावमा होमिएका ठूला दलहरूले टीकापुर बस्तीको औँठा छाप खरिद गर्नसकेनन्।
     तिमीहरूले भन्यो रेशम स्वयं आउनुपर्छ विजयको प्रमाणपत्र लिन।रेशमले त्यो पनि स्वीकार गर्यो। रेशम आफै अदालतको सम्मान गरेर अदालतमा उपस्थित हुदा पनि किन सरकारले उनलाई विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको छ।सर्वोच्चले कृतेमा दोषी ठहर गरेका नवराज सिलवाल लाई किन सपथ खुवाइयो?२५ जना वन्दीहरू जेल भित्र नै अनसन बसे तर माग पूरा गर्ने आश्वासन दिएर अनसन तोर्न लागाएर आजसम्म अलझाइ राखेको छ।आखिर किन सरकार,मानवअधिकार र सरोकारवाला निकाय कानमा तेल हालेर सुतेको छ।दुई -दुईवटा उच्चस्तरीय जाँचबझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन किन सार्वजनिक गर्दैन सरकारले ?अब कुन चाहिँ आयोग गठन गर्दैछौ दुई दुईवटा प्रतिवेदनमा निर्दोष देखिएका रेशमलाई दोषी ठहर गर्न सरकार ?
      
टीकापुर घटना वास्तवमै दुखद घटना हो।दोषीलाई कार्वाही हुनुपर्छ तर निर्दोषलाई अनाहकमा दुख दिनु हुदैन।हजार दोषी छुट्नु र एक निर्दोष फस्नु एकै हो।तर यहाँ त भाद्र ७ गतेको  घटनालाई मात्रै एकपक्ष रुपले सञ्चार माध्यममा बखान गरियो।त्यसैलाई आधार मानी ५७ जना थारू माथि नियोजित रुपमा मुद्दा लगाइएको छ। तर किन ८ गते कर्फ्यु लागेको बेला प्रहरीको संरक्षणमा छानीछानी थारूहरूको घर,पसल,गाडी र भौतिक धनसम्पत्ति लुट्ने र आगो लगाउने अखण्डेहरूलाई किन कार्वाही भएन किन कानुन लागेन ?कयौं थारू चेलीहरू बलात्कृत भएका छन् ।कैयौं थारूहरूलाई विना कारण निर्घर्ााकुटपिट गरिएको छ।त्यहीँ कुटपिटबाट कतिले त ज्यान समेत गुमाएका छन् त कति घाइते अपांग भएका छन्।यो चाहि किन देख्दैनन् मिडिया र मानवअधिकारवादीले केवल ७ प्रहरी र १ नाबालक मात्रै देख्छन्।नाबालकको पोस्टमार्टम रिपोर्टमा  प्रहरीको गोली लागि मृत्यु भएको भनिएको छ।नाकि थारूहरूको लाठी र भाला लागि मृत्यु भएको हो यो नबुझी थारूहरूले मारेका हुन् भन्दै ढोल पितिरहेका छन्।आफै भन्छन् थारूहरू संग लाठी र भाला मात्रै थियो अरू हतियार थिएन। तर फेरि आफै भन्छन् थारूहरूले नाबालकलाई गोली हानि मारे तर म भन्छु ७ जना प्रहरीलाई किन गोली लागेन ? यहीँबाट पुष्टि हुन्छ यहाँ थारूहरू माथि कति अन्याय हुदैछ भन्ने कुरा !थारूहरूलाई मात्रै हो कि कानुन अरूलाई पनि हो सरकार ?कि उनीहरू तिम्रा जातका परेर हो कानुन नलागेको ?यो त न्याय हुँदै होइन सरकार ?८ गतेको घटना देख्दै देख्दैनन् नश्लवादी मिडियाले के यही हो त प्रेस स्वतन्त्रता ?क्या बात छ रे कुनै एक उच्च जाति,ठूला पार्टी र पावरवाला नेताको खल्ती बाट भुक्नु प्रेस स्वतन्त्रता र मानवअधिकार बाट हामी थारूहरूले के आश गर्ने अब ?

         लेखक :-महेश चौधरी (दाङ तुलसीपुर)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu