कपिलवस्तुमा व्यवसाय सचेतना तालिम कार्यक्रम सम्पन्न
Friday, 23 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी
कपिलवस्तु:= जिल्लाको शिवराज नगरपालिका-३, भितरियामा व्यवसाय सचेतना तालिम कार्यक्रम सम्पन्न भएकाे छ । कालिका स्वाबलम्वन सामाजिक केन्द्र ताैलिहवाकाे अायाेजनामा कार्यक्रम सञ्चालन गरिएकाे हाे ।"स्थानीय स्राेतकाे समुचित प्रयाेग गरि उद्धमी गराैँ र स्वराेजगार बनाैँ" भन्ने मूल उद्देश्यलाई मध्यनजर गरि सर्वसाधारण सबैलाई राेजगार भई अाम्दानीकाे स्राेत बढाई दक्षजनशक्ति स्वादेशमै उत्पादन गराैँ र साथै स्वादेशी वस्तुकाे उत्पादन तथा उपाभाेग गरि स्थानीय स्राेत, साधनकाे प्रयाेग गरि अात्मनिर्भर हुनुमा पनि जाेड् दिने कार्यक्रम अायाेजकले बताएकाे छ । "स्थानीय स्राेतकाे समुचित प्रयाेग गरि उद्धमी गराैँ र स्वराेजगार बनाैँ" भन्ने मूल उद्देश्यलाई मध्यनजर गरि सर्वसाधारण सबैलाई राेजगार भई अाम्दानीकाे स्राेत बढाई दक्षजनशक्ति स्वादेशमै उत्पादन गराैँ र साथै स्वादेशी वस्तुकाे उत्पादन तथा उपाभाेग गरि स्थानीय स्राेत, साधनकाे प्रयाेग गरि अात्मनिर्भर हुनुमा पनि जाेड् दिने कार्यक्रम अायाेजकले बताएकाे छ ।
त्यसैगरी व्यवसाय सचेतना तथा शुरू तालिम गरिसकेकी भितरिया निवासी एक महिला भन्छिन्; म याे तालिम लिएर निकै खुशी भएकी छु । तालिमबाट सिकेका कुराहरूलाई व्यबहारमा उतार्ने प्रयत्न गर्छु । व्यवसायबारे सतर्क भएर अब समाजमा राम्रो कामका साथै कुशल समाजकाे परिकल्पना तथा नयाँ नेतृत्वकाे मुहार फेर्न अन्य समुदायको तुलनामा थारु समुदायका महिला बढि पछि पारिएका र परेका छन् तर अब अाफै सक्रिया भई सुरुवात गर्नु पर्छ, पछि पर्नु हुदैँन् । व्यवसाय सचेतना पछि व्यवसायिक तालिम भए लगत्तै हामी समुह गठन गरेर समुहिक रूपमा नियमित मासिक बैठक बसी केही रकम संकलन गर्नुका साथै व्यवसाय पनि सुरु गर्ने समेत महिलाले बताएकी छिन् ।
उक्त तालिम गत फागुन २७ गते देखि चैत ६ गतेसम्म सञ्चालन हुने भनिए त पनि विभिन्न समस्याले गर्दा अाज ८ गते सम्पन्न भएकाे तालिमका प्रशिक्षकले बताएका छन् । साे तालिम घरेलु तथा साना उद्योग कार्यालय ताैलिहवा कपिलवस्तु तथा उद्धम विकास कार्यालय क्षेत्रीय कार्यक्रम सहयाेग कार्यालय घाेराही दाङकाे सहयाेगमा, कालिका स्वाबलम्वन सामाजिक केन्द्र ताैलिहवा कपिलवस्तुको अायाेजनामा, शाेभाराम खड्काकाे बिशेष प्रशिक्षण र शिवराज नगरपालिका-३, भितरिया र मदवा बासी गरि २१ जना सदस्यहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे तालिमको सहजकर्ता हेरम बस्नेतले बताएका छन् ।