मलेसियामा राम कृष्ण तामाङलाई चौथो डान प्राप्त

Friday, 20 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी,
नवराज तामाङ,,

मलेसिया:=मलेसियामा रामकृष्ण तामाङले सितोरियो कराँतेको चौथो डान प्राप्त गरेको छ । तामाङले गत १५ अप्रिलमा हायासी-हा सितोरियो कराते संघ मलेसिया तथा एसियन प्यासिफिकका अध्यक्ष आठौं डान ग्रेन मास्टर टोनी पोनयाबाट डान पाएका हुन् ।

मलेसिया र इन्डोनेसियामा गरी एक महिने स्पेसल् ट्रेनिङमा सहभागी भएका ललितपुर गोदावरी नगरपालिका वडा नं.२ त्रिबेनिका  तामाङलाई आठौं डान ग्रेन मास्टर टोनी पोनयाले नेपालमा हायासी-हा सितोरियो कराते खेल बिस्तारको र विकासको लागि चौथो डान परीक्षा (ग्रेडिङ )मा उत्रीन्न गरेपछि प्रमाणपत्र प्रदान गरिएको हो ।
उक्त प्रमाणपत्र वितरण कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष,प्रमुख प्रशिक्षक तथा एसियन रेफ्री योगेन्द्र कोइराला महासचिव सोनामनोर्बु तामाङ हायासी-हा सितोरियो कराते महासंघ मलेसियाका सातौ डान कराते मास्टर,मलेसियन राष्ट्रिय कराँते टिमका पूर्व मुख्य प्रशिक्षक आरी वालाकान र कराँते खेलाडीहरू उपस्थितिरहेका थिए ।

चौथो डान प्रमाणपत्र प्राप्त गरेका तामाङ हायासी-हा सितोरियो कराँते नेपालका सस्थापक महासचिव,प्रमुख प्रशिक्षक तथा एसियन रेफ्री हुन् भने पूर्व गोजुरियो कराँते  संघ नेपालका राष्ट्रिय प्रशिक्षक, सितोरियो कराँतेका चौथो डान र सोतोकान कराँतेका तेस्रो डान समेत हुन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu