आगलागी हुँदा १४ वटा घर जलेर नष्ट/पाँच वटा चौपाया खरानी

Saturday, 14 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
बारा:=महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा आज भएको आगलागीमा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन् ।स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी राम, सुरेश राम, रामविश्वास रामलगायत १४ जनाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु २५ लाख ७० हजारको नोक्सान भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।

घरमा रहेको अन्नपात, लत्ताकपडा, काठ, भाँडाकुँडा, गरगहना, नगद रुपैयाँसमेत जलेर नष्ट भएको छ । दिउँसो आगलागी शुरु भएको थियो प्रवक्ता साहले भन्नुभयो । खाना पकाएर आगो ननिभाएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।पाँचवटा पक्की घर, पाँच वटा फुस, चार वटा खपडाको घर जलेको प्रहरीले बतायो । घर प्रायः सबैजसो दलित समुदायका व्यक्तिको नै रहेका छन् ।

घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक साहको नेतृत्वमा गएको प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, कोल्हवी, वीरगञ्ज र कलैयाबाट आएको वारुण यन्त्रको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रवक्ता साहले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu