सिरुवा पावनीको रौनक (एक परिचय/पढेर सेयर गर्नुहोस्)

Saturday, 14 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

पूर्वी तराई आदिबासीहरुको  महान पर्ब सिरुवा पावनी बैशाख को पहिलो दिन देखि सुरु हुन्छ । परापुर्वकाल देखि बसोबास गर्दै आएका राजबंशी, ताजपुरिया, गंगई, थारु, धिमाल लगायेत आदिबासी बस्तिहरू माँ यो पावनी को रौनक बडेको हुन्छ ।प्रतेक नया बर्ष माँ मनाईने यो चाड नेपाल को तराई का अधिकांस आदिबासी हरु ले मनाउने यो सबै भन्दा ठुलो पर्व हो। यो पर्व विशेष गरी ३ दिन सम्म मनाइन छ। यस पर्व को पहिलो दिन बैशाख १ गते अर्थात यस दिन लाइ पानी सिरुवा भन्ने गरिन्छ ।पानी सिरुवा माँ आफूभन्दा ठुलाको खुट्टामा पानी हालेर आशिर्बाद ली ne गरिन्छ। शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।बर्षको दुःख कस्ट लाइ धोई पखाली नया बर्षको सुरुवात संगै बर्ष भरी शरीर ठंडा र शीतल रहोस भनी कामना गरिने भनाई छ। यसै दिन राती जरिबुट्टी खोजेर ल्याई कसैले न देख्ने ग़री घरको चारै किल्ला मा पूजापाठ गरिन्छ। बर्ष भरी कुनै पनि शत्रुले परिवारका कुनै सदस्यता माथी बैरभाव नराखोस भन्ने कामना गरिन्छ ।

दोस्रो दिन अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ। यसदीन एक अर्कालाई हिलो छ्याप-छयाप गरेर मनाउने गर्छन। बर्ष भरिका दुःख  कष्ट, पीड़ा र थकान लाई मेटाउन कादो सिरुवा खेलिने चलन छ । यसो गर्ना ले माटो शारीर अन्तत माटो मै बिलिन हुने भएका ले शारीर लाई कुनै रोग ब्याधि न लागने भनेर राजबंशी हरुको  विश्वास छ।
नव बर्ष को तेस्रो दिन रंग सिरुवा खेलिन्छ ।रंग सिरुवा मा एक अर्का बीच रंग छ्यापेर शुभकामना आदान प्रदान गर्ने गरिन्छ । रिस, राग त्यागेरा मन मुटाबलाई रंग खेली हर्स उल्लाश का साथ मनाइन्छ ।सबै ले नया बर्ष को उपलक्ष्यत मा नया लुगा लगाउने, मिठो - मिठो परिकार बनाएर खाने चलन छ ।

पर्व को पहिलो दिन सातसागी (७ प्रकार को तरकारी) खाने गरिन्छ ।यो पर्व मा घाटो सरि समेत बगाउने गरिन्छ ।दुइ दिन सम्म घर मै पुजा ग़री नजिक को खोला मा घाटो लाइ बगाइंछ। यसको प्रसाद खायो भने मुखमा हुने घाउ खटिरा निको हुने जन विश्वास रहे को छ । रंग सिरुवा दिन देखि नै विभिन्न ठाउ मा मेला लागने गर्दछ।बिशेस ग़री झापा, मोरंग र सुनसरी जिल्ला बाहेक भारत को कोच बिहार, जलपाईगुरि, पानीटंकी, आसाम र भुटान मा समेत राजबंशी हरु हर्सो उल्लाश का साथ तीन दिन सम्म मनाउने गर्दछन ।यस दिन मेला मा यस समुदायका युवक युवती ले आफ्नु मन् परेको केटा केटी रोज्ने प्रचलन रहे को छ ।

             source :- राजबंसि समुदाय

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu