थारु समुदायमा जुर शितल संगै महान पर्व सिरुवाको रौनक
Posted By :- Admin {Hamar Sanesh}

कुलदिप चौधरी ,,
सुनसरी:=सुनसरिको विभिन्न स्थानमा थारु महिला सभाले जुर शितल कार्यक्रमको आयोजना गरि शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। पुरनो साल २०७४ लाई बाई बाई र नयाँ साल २०७५ लाई हाइ हाइ गर्दै बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन।
पौराणिक समय देखि थारु समुदायमा यस नयाँ वर्षलाई सिरुवा पर्वको रुपमा मनाउने चलन रहेको छ । बैशाख जस्तो गर्मियाममा थारु समुदायले प्राचीन समय देखि पुरखौली पेशा खेतीमै निरभर भएको हुदा, यस कठिन पेसामा सर्वदिन अडिक रहन सुरक्षा कबजका निम्ति नयाँ वर्षको आगमन संगै शिर टााउकाेमा पानी छमकि मान्य जन सङ आशिर्वाद लिने चलन रहेको छ । सिर को अर्थ टाउकाे रहेको हुनाले नयाँ वर्षको पहिलो दिनलाइ सिरुवा भनिए हो।
संस्कार संस्कृती जगेर्नाका निम्ति सुनसरिको इनरुवामा थामसको आयोजना र शुशिला चौधरीको सभापतित्वमा जुर शितल कार्यक्रम समप्न्न भएको थियो । थामसका केन्द्रिय उपाध्यक्ष भगवती चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै सर्व सहमती बाट चयन कार्य समितिलाइ प्रमान पत्र हस्तान्तरण गर्दै कार्यकालको शुभकामना दिएका थिए ।
यसै गरि कार्यक्रममा थारु कानुनी व्यवसायि सभाका केन्द्रीय अध्यक्ष राम राज चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै थारु माग मुदालाइ संविधानमा कार्यन्यन गर्नु पर्ने जोड दिनु भयो। थाकासका केन्द्रिय पारसद केशिलाल चौधरी , थारु महिला उथान समाजकि अध्यक्ष सीता चौधरी , तेज ना चौधरी ,महि ना. चौधरी लगायहरुले सम्पुर्ण महिला सभालाइ शुभकामना दिएका थिए ।
यसै गरि झुम्कामा पनि थाकसले विभिन्न कार्यक्रमको आयोजना गरि जुर सितलले शुभकामना अर्दान प्रदान गरेका छन। प्रदेश संा नसद नबोदिता चौधरीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा समाज सेबि चन्द्र ना चौधरी ,लक्षमन चौधरी, थाकसका अध्यक्ष पुनित लाल चौधरी , सचिब मनोज चौधरी , आदिवासी नगर अध्यक्ष राज कुमार चौधरी ,मिलि राम चौधरी लगायतले शुभकामना मनतब्य राखेका थिए ।