शिविर कार्यक्रम छन्द (काले बाबू) नारायणी अाँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयाेग र नारायणी मास्के ५ जना नेतृत्वकाे टाेलीद्वारा अाँखा चेकजाँच तथा परिक्षण गरिएको हाे ।
यसैगरी अाँखा शिविर कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि रहनुभएकाे अर्जुन कुमार के.सी.ले कार्यक्रमलाई सम्बाेधन गर्नु हुदैँ गरिब तथा विपन्नहरूकाे लागि कार्यक्रम अायाेजना गरिएको शिविर निकै प्रभावकारी रहेकाे बताउँदै, स्वाच्छ दृष्टि सबैकाे लागि दृष्टि लर्डबुद्ध लायन्स क्लबले एकदमै प्रशंसा याेग्य कार्य गरेकाे भन्दै सबै क्लब लगायत संघ संस्थाले पनि यसरी नै समाजमा कुशल याेगदानका साथै लर्डबुद्ध लायन्स क्लब जस्तै विश्वसनीय एवम् उदाहरणीय काम गर्न सके अवश्य पनि समुदाय माथि उकासिने थियाे उहाँले भन्नुभयो ।शिविर कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका शिवराज नगरपालिकाका नगर प्रमुख तथा मेयर नेत्रराज अधिकारी यस क्षेत्रका मानिसलाई शिविर वरदान स्वरूप हुने अाशा राख्दै अाफूबाट हुन सक्ने कार्यकाे प्रतिबद्धता समेत उहाँले गर्नुभयो ।
उक्त कार्यक्रम चन्द्राैटा लर्डबुद्ध लायन्स क्लबका अध्यक्ष गाेकर्ण कुँवरकाे अध्यक्षता, प्रदेश न.५ का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.को प्रमुख अातिथ्यिता, शिवराज नगरपालिकाका नगर प्रमुख तथा मेयर नेत्रराज अधिकारी र लायन्स क्लब डिस्ट्रक्ट एडभाइजर दिनेश चन्द्र गुप्ताकाे विशिष्टता अातिथ्यिता रहेकाे थियाे । र साेही क्लबका उपाध्यक्ष शिवराज सापकोटाकले सबैकाे साथ तथा सहयोगले शिविर सफल हुने विश्वास एवम् नयाँ बर्ष २०७५ सालकाे शुभकामना व्यक्त गरेका थिए । साथै अाँखा शिविर कार्यक्रम अायाेजकले अगामी दिनहरूमा समुदायमा उर्जा थप्ने कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरेका क्लबका अध्यक्ष कुँवरले जानकारी दिनुभयाे ।
कपिलवस्तुमा लायन्स क्लबद्वारा एकदिने नि:शुल्क अाँखा शिविर
Saturday, 14 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):=चन्द्राैटा लर्डबुद्ध लायन्स क्लबद्वारा एकदिने नि:शुल्क अाँखा शिविर कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटा स्थित राष्ट्रिय मा.वि.मा अायाेजना गरिएको हाे ।
लर्डबुद्ध लायन्स क्लबले गरेकाे नि:शुल्क अाँखा शिविरमा कुल ४ सय ५० जनाकाे अाँखा चेकजाँच गर्दा ५३ जना व्यक्ति माेतिया विन्दुका बिरामी फेला परेकाे कार्यक्रम संयाेजक तथा अायाेजक संस्थाका चेयर पर्सन टीका बहादुर कुँवरले बताउनु भयो । र साथै बिरामीलाई नि:शुल्क अपरेसनकाे लागि बहादरगञ्ज अाँखा अस्पतालमा रिफर गरिएको क्लबको अध्यक्ष गाेकर्ण कुँवरले जानकारी दिनुभयो ।