सांस्कृतिक पर्वको विदा कटौती गर्ने निर्णय विरुद्ध आन्दोलन सुरु

Friday, 20 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
सन्तोष यन्जन तामाङ्ग,,
काठमाडौ– आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारबिरुद्ध प्रर्दशन सुरु गरेका छन । 
विभिन्न जातीय संघ, संगठनमा आबद्ध नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गर्दै आफूहरुको सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन।

त्यसक्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौती गर्ने निर्णय फिर्ता नलिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
सरकारले सांस्कृतिक पर्वलगायतका सार्वजनिक विदा कटौति गर्ने निर्णयको आदिवासी, जनजातिहरुले विरोध गर्दै आएका छन । उनीहरुले आफूहरुको संस्कृतिको संरक्षण गर्न पनि त्यस्ता पर्वहरुमा दिइदै आएको सार्वजनिक विदा कटौती गर्न नहुने तर्क गर्दै आएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu