थारु पत्रकार संघ बाराले पाँच जना पत्रकारलाई गरे सम्मान

Friday, 20 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बारा:=थारु पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाराले पाँच जना पत्रकार लाई सम्मान गरेका छन् । थारू पत्रकार संघ नेपाल बारा शाखाले एक कार्यक्रमको आयोजना गरि नेपाल आदिवासीजनजाति पत्रकार महासंघ ( फोनिज) मा निर्वाचित भएका पाँच जना थारू पत्रकारलाई सम्मानित गरेका हुन ।

गत चैत्र २३ र २४ गते सम्पन्न फोनिजको राष्ट्रिय महाधिवेशनमा पाँच जना थारू पत्रकार निर्वाचित भएकाले बारा शाखाले आफ्नो समुदायको पत्रकार केन्द्रमा पुग्न सफल भएकाले यस्तो कार्यक्रम गरेका बारे थारू पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर २ का संयोजक दुष्यन्त चौधरीले जानकारी दिए । सम्मानित हुनेमा लक्की चौधरी , सिताराम चौधरी , लक्ष्मी चौधरी , राजु चौधरी , रामचन्द्र कुस्मी रहेका थिए । प्रमुख अतिथि चौधरीले सम्मानित हुने पाँचै जना थारू पत्रकार लाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मानित गरेका थिए ।

थारू समुदायमा पनि पत्रकार जन्मेको सुन्दा र अगाडि बढेको देख्दा आफुलाई पनि गर्भ महसुस भएका बारे प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरीले बताए । साथै थारू पत्रकार उत्पादन गर्नका निमित आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । बारा शाखाले यस्तो सम्मान कार्यक्रम गरेकाले थारू पत्रकार संघ नेपाल केन्द्रीय कार्यालयलाई चुनौती दिएका बारे सिताराम चौधरी जानकारी दिए । केन्द्रीय कार्यालयले गर्न नसकेका कार्यक्रम बारा शाखाले गर्दा बारा शाखा परिपक्व भएका दावी गरे ।
बारा शाखाका अध्यक्ष रेणु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर , नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता , फोनिजका २ नम्बर प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगर , प्रहरी उपरीक्षक राजकुमार बैदवार , सशस्त्र प्रहरी उपरीक्षक बेनु प्रसाद पाठक , राष्ट्रिय अनुसंधानका प्रमुख उतम खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन धिरेन्द्र पनुहरले गरेका थिए । भने स्वागत मन्तव्य नागेन्द्र प्रसाद चौधरीले गरेका थिए ।
       source:-kalaiyalive.com

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu